You are viewing the translated version of विसर्जन गर्दा पालना गर्नु पर्ने शर्त तेजाब वा अन्य घातक रासायनिक पदार्थ विसर्जन गर्ने व्यक्तिले देहायका शर्त पालना गर्नु वा गराउनु पर्नेछ.

Section 17
विसर्जन गर्दा पालना गर्नु पर्ने शर्त तेजाब वा अन्य घातक रासायनिक पदार्थ विसर्जन गर्ने व्यक्तिले देहायका शर्त पालना गर्नु वा गराउनु पर्नेछ
-
(क) तेजाब वा अन्य घातक रासायनिक पदार्थ विसर्जन गर्दा ग्लोब, पञ्जा, मास्क तथा अन्य सुरक्षा उपकरणको प्रयोग गर्नु पर्ने,
(ख) तेजाब वा अन्य घातक रासायनिक पदार्थ विसर्जन गर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको मानव बस्ती भन्दा टाढा वातावरणमा गम्भीर प्रतिकूल असर नपर्ने गरी विसर्जन गर्नु पर्ने,
(ग) तेजाब वा अन्य घातक रासायनिक पदार्थ विसर्जन गर्न निर्धारण गरिएको प्रयोग विधि तथा मापदण्डको पालना गर्नु पर्ने,
(घ) विसर्जन गरिएको तेजाब वा अन्य घातक रासायनिक पदार्थ त्यस्तो क्षेत्रबाट झिक्न वा पुनः प्रयोगमा ल्याउन नसकिने गरी विसर्जन गर्नु पर्ने।